FAQs Complain Problems

स्वास्थ्य

सम्क्षिप्त परिचय

पाल्पा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये तिनाउ गाउँपालिका पनि एक हो । संघिय सरकारको न्युनतम आधारभुत स्वास्थ्य सेवा नजिकको स्थानबाट पाउनुपर्दछ भन्ने नितीलाई कार्यान्वयन गर्न तिनाउ गाउँपालिकामा रहेका जम्मा चार वटा स्वास्थ्य चौकीबाट असम्भव रहेको आभास गरी तिनाउ गाउँपालिकाले भौगोलिक जटिलता जनसंख्या आदिलाई आधार मानि ६ वटा वडामा थप १० वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी १४ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गरिरहेको छ ।यस पालिकाको स्वस्थ तिनाउ समृद्ध तिनाउ भन्ने सोचलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघिय सरकारको अलावा प्रत्येक आब मा यथेष्ट मात्रामा बजेट विनियोजन गरी तपशील उल्लेखित स्वास्थ्य नितीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् । उक्त शाखामा स्वास्थ्य प्रमुखकाे रुपमा श्री कृष्ण कार्कीले जिम्मेवारी वहन गरिहनु भएको छ । 

 

 

User login