समचार
प्राय साेधिने प्रश्नहरु
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
- प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
- सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता
- शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
- अस्थायी निस्सा
घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
- नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
- अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
- वडा सचिवको किटानी सिफारिस
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- स्थलगत वडा सर्जमिन मुचुल्का
- व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद
धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- व्यहोरा सहितको निवेदन
- योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
- कार्यालय प्रमुखको तोक आदेश
- निवेदन दर्ता
- धरौटी फिर्ताको निर्णय