समचार
स्वास्थ्य
सम्क्षिप्त परिचय
पाल्पा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये तिनाउ गाउँपालिका पनि एक हो । संघिय सरकारको न्युनतम आधारभुत स्वास्थ्य सेवा नजिकको स्थानबाट पाउनुपर्दछ भन्ने नितीलाई कार्यान्वयन गर्न तिनाउ गाउँपालिकामा रहेका जम्मा चार वटा स्वास्थ्य चौकीबाट असम्भव रहेको आभास गरी तिनाउ गाउँपालिकाले भौगोलिक जटिलता जनसंख्या आदिलाई आधार मानि ६ वटा वडामा थप १० वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी १४ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गरिरहेको छ ।यस पालिकाको स्वस्थ तिनाउ समृद्ध तिनाउ भन्ने सोचलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघिय सरकारको अलावा प्रत्येक आब मा यथेष्ट मात्रामा बजेट विनियोजन गरी तपशील उल्लेखित स्वास्थ्य नितीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् । उक्त शाखामा स्वास्थ्य प्रमुखकाे रुपमा जन स्वास्थ्य अधिकृत श्री कृष्ण कार्कीले जिम्मेवारी वहन गरिहनु भएको छ । उहाँ र सिङ्गो गाउँपालिकाको पहलमा आ.व. २०७८/०७९ मा स्वास्थ्यका निम्न कार्यक्रमहरु प्रभावकारी रुप्मा संचालन भइरहेका छन् ।
यस पालिकाको स्वस्थ तिनाउ समृद्ध तिनाउ भन्ने सोचलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघिय सरकारको अलावा प्रत्येक आब मा यथेष्ट मात्रामा बजेट विनियोजन गरी तपशील उल्लेखित स्वास्थ्य नितीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् ।
आ ब ०७८।०७९ को श्रावण देखि मंसिर सम्म स्वास्थ्य तर्फ भएका केही मुख्य कार्यहरु
- निरन्तर रुपमा विभिन्न स्थानमा खोप केन्द्र राखी कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउने कार्य भएको छ । हाल सम्म १२ बर्ष माथिका १२०७६ जनाले पहिलो मात्रा तथा ७०६६ जनाले पुरा मात्रा लगाईसकेका छन् । साथै खोप अभियान जारी रहेका छ ।
- इ–टेण्डर मार्फत औषधी खरिद गरी सम्बन्धित स्वास्थ्य संस्था सम्म पु¥याईसकेको छ ।
- विद्यालय स्वास्थ्य कार्यक्रमको कार्यविधि निर्माण गरी कार्यक्रम अगाडी बढाईएको छ ।
- महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा स्वयम्सेविकालाई सम्मान तथा ३ जना सेवा निवृतलाई जनही रु २०००० का साथ सम्मानजनक विदाई गरेको ।
- पोषणमैत्री स्वास्थ्य संस्था अभियान वडा नं. ३, ४ र ५ मा सुरुवात गरिएको छ ।
- ज्ञानोदय मा वि, दोभान मा वि तथा तिलोत्तमा मा वि मा दात, कान, आखा, आयुर्वेद परामर्श जाचको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको ।
- आखा उपचार केन्द्र दोभानमा स्थापना गरी सञ्चालन गरेको ।
- नियमित रुपमा बालबालिकालाई खोप, गर्भजाच, प्रसुति, पोषण लगायतका कार्यक्रमहरु सञ्चालन भईरहेको ।